बनेपाका स्थानियले गरे सडकमा फोहोर राखेर चक्का जाम


२१ असार २०७६, शनिबार १७:०३ मा प्रकाशित

काभ्रे । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका तथा पूर्वी जिल्लाहरुको व्यापारिक केन्द्र बनेपा नगरपालिकाले महिनौ देखि फोहर उठाउँन नआएको भन्दै स्थानियहरुले सडकमा नै फोहोर राखेर सडक बन्द गरेका छन् ।

बनेपाको करुणा मार्गका स्थानियहरुले करुणा मार्गको सडकमा नै फोहोर प्रदर्शन गर्दै फोहोरले बाटो छेकेर सडकमा समेत अवरोध पुर्‍याएका छन् । नगरपालिकाको फोहोर उठाउँने गाडी नआउँदा आक्रोसित स्थानियले नगरपालिका गैरजिम्मेवार हुदा महिनौ देखिको फोहोर आफ्ना घर आँगनमा राख्दा स्वाथ्यमा समेत समस्या हुन थालेको गुनासो गरेका छन् ।

नगरपालिकाले फोहोर फक्ने डम्पीङसाइडको व्यवस्थापन छिट्टै हुने बताएपनि वर्षौ देखिको समस्या जस्तको तस्तै रहेको छ । विगत वर्षहरुमा फोहोर फल्दै आएको आइटीपार्क अगाडीको स्थानमा स्थानियले अवरोध गरेपछि बनेपा नगरपालिकाको फोहोर महिनौ देखि अलपत्र पर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here