आज १६औं गणतन्त्र दिवस मनाइँदै, बेथितिका चाङ गाउँ-गाउँसम्म पुग्दै


१५ जेष्ठ २०८०, सोमबार ०७:२७ मा प्रकाशित

काठमाडौं । आज १६औं गणतन्त्र दिवस मनाइँदैछ ।

२०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्ष पूरा भएको हो ।

२०६२/०६३ को आन्दोलनपछि निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण तथा दुई पटक संघिय र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म तीन तहका सरकार बनेका छन् । राजसंस्थासहितको एकात्मक राज्य व्यवस्थाले देश विकास हुन नसकेको भाष्य निर्माण गरी स्थापना गरिएको गणतन्त्रको १५ वर्षको अभ्यास भने नेतातन्त्रमा परिणत भएको छ ।

विधिको शासनको सट्टा सीमित दलका नेताहरुको कथित सहमतिबाट देश निर्देशित हुदै आएको छ । देशका मेरुदण्ड मानिने महत्वपूर्ण संस्थाहरुको ढाड भाँच्चिएको छ भने देशका कुनै पनि अंग नेतातन्त्रको छायाँबाट मुक्त छैनन् ।

भ्रष्टाचार र बेथिति गाउँ गाउँसम्म पुगेको छ । आर्थिक रुपमा पनि जर्जर र उजाड बन्दै गएको देशमा युवा जनशक्ति बस्न नचाहने अवस्था आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here