भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा ‘व्रेक थ्रू’ हुनसक्ने प्रधानमन्त्री प्रचण्डको विश्वास


१४ जेष्ठ २०८०, आईतवार १५:४४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा ‘व्रेक थ्रू’ हुनसक्ने बताउनुभएको छ ।

आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेष्ठ १७ गतेदेखि आफूले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताउनुभएको हो ।

उहाँले व्यापार पारावहनसम्बन्धी बिषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अथपूर्ण हुने धारणा राख्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बर्षौदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउनेबारे महत्वपूर्ण सहमति हुने सम्भावना रहेको बताउनुभयो । उहाँले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरि विशिष्ठ तवरले गर्न तयारी भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको सम्पूर्ण ध्यान सुशासन कायम गर्दै संस्थागत वेथिति र भ्रष्टाचारको विरुद्ध रहेको भन्दै त्यसका बिरुद्ध लडाई सुरु गरिएको बताउनुभयो ।

उहाँले बढ्दो बेरोजगारी मुलुकको समस्यामा रुपमा रहेकाले आफ्नो शिक्षा नीतिलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । मुलुकको आवश्यता अनुसारको शिक्षा नीति अवलम्वन गर्न नसकिएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here