टिकापुर घटनाका दोषी चौधरीलाई जन्मकैदको सजाय


२ जेष्ठ २०८०, मंगलवार १८:१५ मा प्रकाशित

काठमाण्डाै । सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिनुभयो ।

सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ उहाँले बताउनुभयो ।

त्यस्तै अदालतले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय ३ वर्षमा झारेको छ । कैलाली जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर पाँच वर्ष पु¥याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही भए

को ठहर गरेको पौड्यालले जानकारी दिनुभयो ।

२०७२ सालमा भएको थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here