अबैध समान सहित १ जना पक्राउ


२ जेष्ठ २०८०, मंगलवार १७:५२ मा प्रकाशित

मोरङ । बिराटनगर महानगरपालिका १७ बाट साँढे तिन लाख भन्दा बढीको अबैध समान सहित ओसार पसारमा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आर आइ टी समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजेको समयमा को १ च ६३२८ नम्बरको मारुति भ्यानमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको हो ।

समान बरामद भएसंगै चालक बिराटनगर १७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here