राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदै


१ जेष्ठ २०८०, सोमबार ०७:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुँदैछ ।

काठमाडौंको धुम्बाराहीमा आजबाट सुरु हुने राप्रपाको केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ  ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here