पूर्व मन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ


१ जेष्ठ २०८०, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौँ । नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

उनलाई भर्खरै काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।

सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शर्णार्थी प्रकरणमा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here