प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची


१ जेष्ठ २०८०, सोमबार ०९:१७ मा प्रकाशित


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिवले उल्लेख गरेका छन् ।

त्यस्तै, आजको बैठकमा संविधानसभा सदस्य नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचिमा समावेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here