नक्कली शरणार्थी प्रकरणः नेपाली कांँग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी


३१ बैशाख २०८०, आईतवार १४:३० मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांँग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आज विहान पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भए लगत्तै प्रहरीले शेर्पाको खोजी तीब्र पारेको छ । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि रहेका शेर्पाले शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाद्वय केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा नै भेटेर वयानमा पूर्व गृहमन्त्री खाँणलाई नपोल्न आग्रह गरेका थिए ।

यस्तै उनले गृहमन्त्रालयमा नै गएर खाँणलाई बुझाएको रकम फिर्ता गरिदिने भने गरेको कागज पनि प्रहरीले फेला पारेको छ ।

शेर्पा २०७० सालमा रामेछाप १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here