पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी


३१ बैशाख २०८०, आईतवार १४:३३ मा प्रकाशित

काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा प्रकरणमा प्रतिकको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आईतवार पक्राउ पुर्जी जारी गरिएको हो ।

नेकपा (एमाले)का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।

सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here