काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सकिँदैछ । बैठक बिहीबारदेखि जारी छ।
बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नुभएको थियो । साथै, सल्लाहकार परिषद् तथा केही आयोगका प्रतिवेदन पनि पेश भएका थिए। त्यसपछि पनि मिसन ग्रासरुटका प्रतिवेदनहरु पेश भएका थिए।
प्रतिवेदनहरुमा विभिन्न भौगोलिक र गैरभौगोलिक समूह बनाएर छलफल भएको थियो।
शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ। साथै, समसामयिक प्रस्तावहरु पारित गरिनेछन्।
केन्द्रीय कमिटी बैठकअघि शनिबार बिहान ८ बजे स्थायी कमिटी बैठक पनि बस्दैछ।






