नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै


२८ बैशाख २०८०, बिहीबार ०७:४१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।

पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।

बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन।

आजको बैठकमा खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने नगर्ने विषयमा छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here