झापा गाउँपालिकाको लगानिमा एक महिने ड्राइभिङ तालिम सुरु


२७ बैशाख २०८०, बुधबार ११:३८ मा प्रकाशित

झापा । झापाको झापा गाउँपालिकामा रहेको बिराट ड्राइभिङ सेन्टरले एक महिने ड्राइभिङ सम्बन्धि तालिम सुरु गरेको छ ।

आइतबार उद्घाटन भएको तालिममा एक सय जनाको उपस्थिति रहेको थियो ।

झापा गाउँपालिकाले दश लाख बजेट बिनियोजन गरेको तालिममा १८ देखि ४० बर्ष ननाघेका सबै समुदायका नागरिकले सीप सिक्न पाउने छन् ।

तालिम लिन सुरु गरेर बिचैमा छाड्ने वा तालिमलाई समय दिन नसक्नेले तालिम नलिन सञ्चालक विकास अधिकारीले बताउनु भयो ।

जुनैपनि क्षेत्रका जागिरमा पछिल्लो समय सवारी चलाउन जान्ने र हातमा सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकतामा राखिएकाले त्यसैलाई मध्यनजर गरेर तालिमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनु भयो ।

यस्ता सीपमूलक तालिमको धेरै माग र आवश्यकता रहेकाले पालिकाले यस्ता कार्यक्रम अब निरन्तर सञ्चालनमा ल्याउने उहाँको भनाई छ ।

त्यस्तै गाउँपालिकाले विकास निर्माणका काम धेरै नै गरिसकेकोले अब सीपमूलक तालिम तर्फ पालिकाको ध्यान गएको कार्यक्रमी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले बताउनु भयो ।

गाउँपालिकाले दिएको यो अवसरलाई सेवाप्रदायकले कति सिकाउन सक्छ र सिक्ने व्यक्तिले कति सिक्न सक्छ भन्ने कुरा परिक्षा र ट्रायलमा प्रष्ट हुने समेत उहाँले बताउनुभयो ।

यो अवसरलाई राम्रो तरिकाले सदुपयोग गरेर स्वरोजगार बन्न पालिकाको अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here