१ दिने निशुल्क आखाँ शिविर सम्पन्न


१८ बैशाख २०८०, सोमबार १६:४० मा प्रकाशित

बिर्तामोड । सामाजिक उत्तर दायित्व अन्तर्गत चारपाने अर्जुनधारा विकास समाजले १ दिने निशुल्क आखाँ शिविर सम्पन्न गरेको छ ।

परिर्वन सामुदायिक सिकाई केन्द्रको साझेदारी ,साहरा नेपाल साकोसको प्रायोजनमा आयोजित आँखा शिविरलाई बिर्तामोड आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

बिर्तामोड २ निवासी ८६ बर्पीय जेष्ठ नागरिक पद्मादेवी ढकालको आँखा परिक्षण गरेर उद्धाटन गरिएको शिविरमा बिर्तामोड १,२ र अर्जुनधारा ५ का ७ सय भन्दा बढी स्थानीयबासीले आँखा परिक्षण गराएको संस्थाका सचिव भरत भट्टराईले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी झापा जिल्लाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले आँखा जस्तो संवेदनशिल अङग लाई उपचार भन्दा पनि खानपिनका माध्यमबाट शुरक्षित राख्नु पर्ने बताउनु भयो ।

प्राविधिक सहयोग गरेको बिर्तामोड आँखा शिविरले अप्रेशन गर्नु पर्ने आँखाका विरामीलाई १० प्रतिशत छुट सहित निशुल्क बेडको व्यबस्थापन गरेको आँखा रोग विशेषज्ञ डा. विनोद दाहालले जानकारी दिनु भयो ।

समाज रुपान्तरण गर्न र विपन्नलाई स्वास्थ्यको पहुचमा पु¥याउन शिविरको आयोजना गरिएको साहरा सकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष डिल्लिराम सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रम लाई संस्थाकी उपाध्यक्ष चित्रकला ओलीले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै शिविर ब्यवस्थापन समितिका संयोजक ओमप्रकाश विमलीले संस्थाले विपन्नको पहुचमा स्वास्थ्य पुगोस भन्ने अभिप्रायले आँखा शिविरको आयोजना गरिएको जनकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here