आफ्नाको बात सहनु, अर्काको लात नसहनुः ओली


१३ बैशाख २०८०, बुधबार १९:२३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साथीको बात सहनु तर शत्रुको लात नसहन आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

झापाको बुधबारेमा पार्टीको गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले पार्टीका कार्यकर्ताको आलोचना सहने तर अन्य पार्टीको आक्रमण नसहन निर्देशन दिनुभएको हो ।

उहाँले पार्टीका कार्यकर्ताबीच कुनै मनमुटाव भए छलफल गरेर समाधान गर्न सुझाव दिनुभयो । तर अर्काको आक्रमण सहने परिपाटीको विकास भएकाले पार्टीले क्षति व्यहोर्नु परेको उहाँको भनाइ थियो ।

उहाँले हरेक टोलमा संगठन र हरेक घरमा सदस्य बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यति भएको खण्डमा एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले अबको चुनावमा एमाले एक्लैको बहुमत आउने किसिमले अहिलेदेखि नै संगठन तथा सदस्यता विस्तारमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । ओली बुधबार नै इलामतर्फ लाग्नुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here