उपनिर्वाचनको परिणामका बिषयमा सबैले पार्टीभित्र समिक्षा गर्नुपर्ने बेला आयोः माधव नेपाल


१२ बैशाख २०८०, मंगलवार १८:३४ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको परिणामका बिषयमा सबैले पार्टीभित्र समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

मंगलबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनका जनताको झुकावहरु किन परिवर्तन भइरहेको भनेर विश्लेषण गरेर आफुमा भएको कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

घटनाक्रममा बिषयमा गम्भीर नभए र कमी कमजोरी सुधार गर्न नसके जनताले विश्वास गर्न नसक्ने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचनपछि सबैको परिक्षाको घडी सुरु भएको भन्दै पटक पटकको परिक्षा उतिर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here