चितवन २ का दुई उम्मेदवारले मताधिकार प्रयोग गर्न नपाउने


१० बैशाख २०८०, आईतवार ०७:५७ मा प्रकाशित

निराजन निरौला । चितवन २ का दुई उम्मेदवारले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन दुईका उम्मेदवार रवि लामिछाने र नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले मत हाल्न नपाउने भएका हुन् ।

उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।

तर काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् । चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here