निराजन निरौला । प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन तोकिएका स्थानमा बिहान ७ बजेबाट मतदान सुरुभएको छ । बारा २, चितवन २ र तनहुँ १ मा निर्वाचन आयोगले तोकेबमोजिम आइतवार उपनिर्वाचन हुँदैछ । बिहान ७ बजे शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि चितवन २ मा उपचुनाव भएको हो । माघ १३ गते दोषी ठहरीएका लामिछानेले लगतै १५ गते पुन नागरिकता लिएपछि आइतबारको उपनिर्वाचनमा उनि रास्वपाका उम्मेदवार बनेका छन् । उक्त स्थानमा रास्वपाका लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएको छ ।
त्यस्तै मंसिर ४ गतेको चुनावमा तनहुँ १ मा कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानमा पन उपचुनाव हुँदैछ । नेपाली कांग्रेसको तर्फवाद गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् । काँग्रेसको पकट क्षेत्र मानिएको तनहुँ १ मा यसपटक भने पूर्वकाँग्रसका नेता स्वर्णीम वाग्ले अहिले रास्वपाबाट चुनावी मैदानमा छन् भने काँग्रेसबाट गोविन्द भट्टराईको उम्मेदवारी छ ।
त्यसैगरी जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुसहवा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् ।
मतदान सम्पन्न भएपछि आइतवारै मतपेटिका गणनास्थलमा संकलन गरेर गणना शुरू गर्ने निर्वाचन आयोगको तयारी छ ।