जीवन बिकास ले बनायो अतिबिपन्न परिवारकाे घर


८ बैशाख २०८०, शुक्रबार १५:२९ मा प्रकाशित

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ । साे अवसरमा रंगेली ७ का एक अतिविपन्न परिवार लाई  घर  बनाएर हस्तान्तरण गराएका छन् ।

उनिहरुले बाँसकाे खम्बा, बाँसकाे कर्चिबाट टाटी  र टाटिमा लिपपाेत गरि  टिनकाे छानाे समेत लगाएर घर हस्तान्तरण गराएका थिए ।

उनिहरुले  रंगेली नगरपालिका ७ स्थित निचामारी प्राथमिक  बिधालय नजिकै खाेलाकाे किनारमा १० धुर ओैलानि जग्गामा बिगत २ बर्ष अगाडि देखि बसाेवास गर्दे आईरहेकी   सरस्वती देवी मंण्डल र उनको  ३ बर्षकाे छाेरा प्रेम मंण्डल र बर्ष ५ काअस्मिता मंण्डल दुई बर्ष देखि खाेला काे किनारमा चारैतिर प्वाल परेकाे घरमा बस्दै आईरका थिए । उनको ३६ बर्षका श्रिमान  श्रीराम मंण्डल बिगत ४ बर्ष देखि बेपत्ता हुदा उनिहरु बिचल्लीमा परेका हुन ।

उनका श्रीमान रोजगारीकाे शिलशिलामा  भारतकाे पन्जाव गएका  थिए ।  साे गाउँका  नेता भन्नेहरुले समेत दुई बर्ष देखि केही नगरेको उनलेे दुखेसाे पाेखिन । उनको घर नहुदा दुई बर्ष देखि प्वाल परेको घरमा बस्न  बाध्य रहेकी थिईन ।

जीवन बिकासले उक्त परिवारलाई केही राहत हाेस भनेर नयाँ घर निर्माण गरेर दिएकाे छ । तर अहिले पनि उनिहरु काे जिउमा एक सराे नत राम्रो लुगा नै छ , नत सुत्नकाे लागि खाट  नै छ ,  नत राम्रो ओछ्याने लुगाफाटो नै छ । नत गर्मिकाे समयमा लामखुट्टे बाट बच्नका लागि झुल नै छ । 

जीवन बिकासले उनको दुई छाेरा, छाेरी लाई १ बर्षकाे लागि बिधालयमा पठनपाठन गराउने जिम्मेवारी त लियो तर उनीहरुका लागि दुई छाक टार्नका लागि अहिलेसम्म कसैले सहयोग नगर्दे भाेक भाेकै बस्न बाध्य रहेका छन ।

त्यसैगरी कर्सिया शाखाले समेत धनपालथान गाउँ पालिका ४ सिम्राह बस्ने मन्जुला देवी मंण्डलकाे घर समेत निर्माणकार्य गरेर जिम्मा लगाएका थिए । 

श्रमदान कार्यक्रममा  प्रमुख कार्यकारी अधिकृत सन्जय मंण्डल लधुबित्त बिभाग प्रमुख मनाेज कुमार साह, संस्थागत सामाजिक बिकाश प्रमुख बिजय कुमार मंण्डल, माेरङ जिल्ला जिल्ला प्रमुख शिवचरण दास, कर्सिया साखा प्रमुख गायत्री पाेख्रेल , रंगेली शाखा प्रमुख लगायत   सम्पुर्ण कर्मचारी , जीवन बिकासमा आबद्ध महिलाहरुकाे श्रमदानबाट घर निर्माणकार्य सम्पन्न भएको थियोे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here