चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित


८ बैशाख २०८०, शुक्रबार १५:२२ मा प्रकाशित

विराटनगर । इलाका प्रहरी कार्यालय किमाथाङ्का संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक जनक बहादुर धानुक र अस्थायी प्रहरी चौकी दिङबोचे, सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार लुलिन्द्र कुमार तिमल्सिना चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रहरी सहायक निरीक्षक धानुकले  संखुवासभाको भोटखोला-१ किमाथाङ्का स्थित निषेधित क्षेत्रमा दुई जना चिनिया नागरिक प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको र प्रहरी हवल्दार तिमल्सिनाले हिमपातमा हराई बेपत्ता भएका जापानिज नागरिकको खोजतालासको क्रममा ५ हजार १ सय मिटर उचाईमा रहेको पासाङल्हामु-४ खुम्बिलापास स्थितमा मृत अवस्थामा फेला पारी उद्वार गरी जोखिमपुर्ण उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here