सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी


१ बैशाख २०८०, शुक्रबार ११:२७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  पुष्पकमल  दाहाल  प्रचण्ड लगायत नेताहरू सहभागी छन्।    

बैठकमा संक्रमणकालीन न्याय निरुपण (टीआरसी) सम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। 

सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेस तथा नेकपा एमालेबीच टीआरसी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here