पेट दुखेर जचाउन अस्पताल गएका बृद्धको पेटमा भेटियो रक्सीको बोतल


३० चैत्र २०७९, बिहीबार १५:२८ मा प्रकाशित

धनगढी । पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीका एक वृद्धको पेटभित्र रक्सीको सिंगै बोत्तल भेटिएको छ।

धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको बोत्तल फेला परेको हो। 

बिहीबार उनी पेट दुखेको भन्दै सेती प्रादेशिक अस्पताल गएका थिए। तर उनको एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएको हो। दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले जानकारी दिए। 

यस विषयमा विस्तृत विवरण भने आइसकेको छैन। रोक्काको अस्पतालमा उपचार भइरहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here