काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सरकारलाई बालेनको आग्रह


३० चैत्र २०७९, बिहीबार १३:२९ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेल्द्र साह (बालेन) ले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

मेयर साहले बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्दा काठमाडौंवासीलाई कुनै आपत्ति नहुने पनि उहाँले बताउनुभएकाे छ ।

सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबारभित्रको फोहोर उठाउन बन्द गर्नुभएका मेयर साहले काठमाडौंवासीलाई सम्पदा, संकृति, कला र सभ्यता चाहिएकाे उहाँकाे भनाइ छ । तर काठमाडौंवासीलाई राजनीति भने नचाहिएको उहाँकाे तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here