रास्वपाले ढाकाकुमारलाई सांसद र पार्टीबाट हटायो, विन्दबासिनी कंसाकार सांसद बन्दै


२९ चैत्र २०७९, बुधबार २०:०७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पद खारेज गरेर रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको हो ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गरी रिक्त ठाउँमा कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको हो ।

आज केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here