मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता


२८ चैत्र २०७९, मंगलवार ०७:४२ मा प्रकाशित

काठमाडौँ । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो ।

सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि आज पुनः छलफल गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here