प्रधानमन्त्रीज्यू, मेयर बालेनसंग तत्काल वार्ता गर्नुहोस्ः गगनकुमार थापा


२७ चैत्र २०७९, सोमबार १३:४७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसंग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभएको छ ।

सिंहदरवारको फोहोर संकलन नभएको सन्दर्भमा कांग्रेस महामन्त्री तथा सांसद थापाले त्यस्तो सुझाव दिनुभएको हो ।

संघीय सरकारले स्थानीय सरकारसंग समन्वय गर्न नचाहेको भन्दै शाहले सिंहदरवारको फोहोर संकलन नगर्ने बताउनुभएको थियो । दुई दिनेदेखि सिंहदरवारको फोहोर महानगरले उठाएको छैन ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here