झापा विद्रोहका योद्धा खरेलद्वारा एमाले परित्याग


२७ चैत्र २०७९, सोमबार १२:४० मा प्रकाशित

झापा । नेकपा एमाले केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गरेका छन् ।

सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर खरेलले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

२०२८ को झापा बिद्रोहका योद्धा खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका सहयात्री हुन् ।

तर, पछिल्लो समय एमालेको नेतृत्वप्रति उनको तीब्र असन्तुष्टि थियो । यसअघि प्रदेश कमिटीका सहइञ्चाज पनि रहेका थिए ।

उनले एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने दाबी गरे ।

पार्टीमा स्वेच्छाचारी प्रवृत्तिको सुधारका लागि आफूलगायत अन्य कार्यकर्ताबाट अनेकौं प्रयास गरिए पनि आफूहरूलाई पार्टी नेतृत्वले तिरस्कार गरेको खरेलको दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here