अमेरिकामा २ दशकयताकै शक्तिशाली भूकम्प


२० असार २०७६, शुक्रबार १०:१० मा प्रकाशित

अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको धक्का नेभादा राज्यको लास भेगासमा पनि महसुस भएको छ । अमेरिकाको स्वतन्तत्रा दिवसको दिन गएको भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् । जसबाट केही घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

क्यालिफोर्नियाका गर्भनर कार्यालय मातहतको आपतकालीन कार्यालयका प्रवक्ता ब्राड एलेक्जेन्डले खोज तथा उद्धार कार्य भइरहेको बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here