बागमतीमा एकै दिन ६३ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट


२१ चैत्र २०७९, मंगलवार १५:३३ मा प्रकाशित

मकवानुर । नेपालमा पहिलो समय काेरोना भाइरस​ (कोभिड-१९) को संक्रमण बढ्दै गएकाे छ ।

यसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ पनि देखा परेको स्वास्थ्य मन्त्रालयले साेमबार मात्रै पुष्टि गरेकाे छ ।

यसैबीच बागमती प्रदेशका शहरी क्षेत्रहरूमा कोभिड संक्रमण दर बढेको तथ्याङ्कले देखाएको छ । 

प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका डाक्टर रविन भुसालका अनुसार ३ सय ६६ जनाको परीक्षण गरिएकामा ६३ जनामा कोभिड संक्रमण पुष्टि भएकाे हाे ।

देशैभरमा ७६ जनामा कोभिड संक्रमण हुँदा यस प्रदेशमा मात्र ६३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले कोभिड सङ्क्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध समेत गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गरइ आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।

मन्त्रालयले रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ ‍समेत देखा परेको छ ।

अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ ।

कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ ।

चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २७ पुगेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here