झापा । कोशी प्रदेश प्रमुख परशुराम खापुङले भारतको दक्षिणी प्रान्तमा खाद्यान्नको हाहाकार हुँदा सहकारीताको माध्यमबाट हरित क्रान्ति सुरु भएको बताउनु भएको छ । जिल्ला सहकारी संघ लि. मोरङले आयोजना गरेको ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ को उद्घाटन गर्दै उहाँले क्रान्ति सहकारीताको माध्यमबाट भई भारतले सिंगो भारतमा मात्र नभई विश्वबजारलाई नै अनाज उपलब्ध गराउन सफल भएको बताउनुभएको थियो ।
कार्यक्रममा वर्ष सहकारी व्यक्तित्व लक्ष्मीप्रसाद मेहता र विन्दा श्रेष्ठ, साथै सहकारी पत्रकारिता पुरस्कार चिना थापालाई प्रदेश प्रमुखज्यूको हस्तबाहुलीबाट प्रदान भएको थियो ।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइ, जिल्ला सहकारी संघ लि.का अध्यक्ष डिल्ली पोखरेलले मन्तव्य राख्नुभएको थियो ।