मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


१५ चैत्र २०७९, बुधबार ०७:३० मा प्रकाशित

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। ​

मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक बिहान ९ बजे बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । 

बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन मन्त्रालयमा दाबी पेस गरेका छन्। त्यस्तै लोसपाले २ मन्त्रालय माग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन्। 

मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।  ‘सरकारपक्षीय राजनीतिक दलका नेताहरुको बैठक बस्यो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो। बुधबार फेरि बस्ने भन्नेछ,’ बैठकपछि उहाँले भन्नुभयो, ‘भागबन्डाको बारेमा छलफल भएन। सरकार चाँडोभन्दा विस्तार गर्ने कुरा भयो । सरकार चाँडै विस्तार हुनेगरी छलफल भयो। मन्त्रालय नमिल्ने भन्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयबारे विवाद छैन।’

प्रमुख सचेतक लेखकले मन्त्रालयबारे केही समस्या नरहेको दाबी गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here