धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेटारमा रहेको धर्मदेवि सालबोटे सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा चार वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट सान्नेटारका राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
कट्टेलको ३ तले घरसहित घरभित्र रहेको लत्ताकपडा, भाँडाकुँडा अन्नपात जलेको छ ।
आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
त्यस्तै, रायको दुई तले घर आगोले जलेर नष्ट भएको छ ।
उहाँकाे घरसहित सबै सामानहरु जलेर नष्ट हुदाँ करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने कमल बस्नेतको दुई तले घरसहित गोठ र सुमन बस्नेतको दुई तले घर जलेको छ ।
आगलागी कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।