मन्त्रिपरिषद् विस्तारका विषयमा सत्ता गठबन्धनको बैठक बस्दै


१४ चैत्र २०७९, मंगलवार ०८:०१ मा प्रकाशित

काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बस‍न लागेको हो । बैठक अपराह्न ४ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगकाे छलफलपछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाउनु भएको हो ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद विस्तारका वारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here