नेपाली कांग्रेसले भोलि बिहानका लागि बोलायो कार्यसम्पादन समितिको बैठक


१३ चैत्र २०७९, सोमबार ११:०५ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिनुभयो ।

 उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here