सरकारमा सहभागी हुने लोसपाको निर्णय


९ चैत्र २०७९, बिहीबार १६:४१ मा प्रकाशित

झापा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरुसंगै सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सम्मानजनक रुपमा सरकारमा सहभागीताका बिषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिनुभयो ।
उहाँले चूनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले बिभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ बर्षै गठबन्धनको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्नुपर्ने बताउनुभयो ।
बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उहाँले बताउनुभयो । अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि मात्रै भएकाले निर्वाचनमा भने पार्टीले आफु अनुकुलको तयारी गर्ने भण्डारीको भनाइ छ ।

बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन पुर्नगठनका साथ संगठनलाई सदृढिकरणमा ध्यान दिने निर्णय गरेको भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here