प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताः लाओसलाई हराउँदै नेपालको विजयी शुरुवात


८ चैत्र २०७९, बुधबार २०:२५ मा प्रकाशित

काठमाडौं । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बुधवार साँझ खेलिएको प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपाललाई शानदार जीत दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । खेलको ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोल लाइनबाट हेडरमार्फत शानदार गोल गर्दै नेपालका लागि खाता खोलेका थिए ।

खेलको दोस्रो हाफको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा शानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

यो नवयुगको आठौं अन्तर्राष्ट्रिय गोल हो । उनले पछिल्लो दुई वर्षमा पहिलो गोल गरेका हुन् । यसअघि उनले सन् २०२१ मा भएको विश्वकप छनोट खेलमा चाइनिज ताइपेइसँगको खेलमा गोल गरेका थिए ।

आजको खेलमा नेपालको तर्फबाट किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ तथा विकास खवासले खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here