राष्ट्रपति पौडेलद्वारा पशुपति बनकालीमा वृझरोपण


८ चैत्र २०७९, बुधबार १५:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ ।

राष्ट्रपति पौडेल बुधबार पशुपति पुगेर वनकाली क्षेत्रमा नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।

पौराणिक हिसाबले बुधबार नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको बताइएको छ । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको हो ।

गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here