अब कांग्रेसलाई गल्ती गर्ने छुट छैनः शेखर कोइराला


७ चैत्र २०७९, मंगलवार २०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले अहिलेको अवस्थामा गठबन्धनलाई सम्हालेर लैजाने जिम्मेवारी कांग्रेसको भएको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको हो ।

उहाँले केही दिनभित्रै कांग्रेस सरकारमा जाने भएकाले सरकारलाई राम्रोसंग चलाएर देखाउनुपर्ने धारणा राख्नुभयो । कोइरालाले अहिले मुलुकमा देखिएको आर्थिक लगाएतका समस्याबाट मुक्त गराउनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनका लागि पीडितहरुलाई पनि अन्तर्राष्ट्रिय मान्यताका आधारमा न्याय दिनुपर्ने पनि बताउनुभयो । अन्तराष्ट्रिय मान्यता र सर्वोच्चको आदेशलाई ध्यानमा राखेर संक्रमणकालिन न्याय सम्बन्धी कानूनलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here