कांग्रेस नेता तथा संविधानसभा सदस्य बिमलीको निधन


७ चैत्र २०७९, मंगलवार १४:२४ मा प्रकाशित

झापा । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा गएराति भारतमा निधन भएको छ ।

कांग्रेस महासमिति सदस्यसमेत रहनुभएका विमलीको भारतमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा बाटोमै निधन भएको हो ।

विमलीलाई एक महिनाअघि फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा लगिएको थियो ।

विमलीलाई फोक्सोमा जटिल प्रकृतिको क्यान्सर देखिएपछि रिसर्च सेन्टरले उपचार सम्भव नहुने भन्दै सोमबार घर फर्काइदिएको बताइएको छ ।

घरतर्फ ल्याउने क्रममा भारतीय भूमिमै बिमलीको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

विमलीको पार्थिव शरीरलाई मंगलबार बेलुका ११ बजेसम्ममा झापाको बिर्तामोड–५ स्थित घरमा लाइपुर्‍याइने र बुधबार झापाको कन्काई नदीमा अन्त्येष्टि गरिने भएको छ ।

आठराई गाउँपालिका ३ ह्वाकुमा जन्मिनु भएका विमली ०३४ सालदेखि नै जिल्लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here