काठमाण्डाै । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धन पाँच बर्ष टिक्ने दावी गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा भाग लिदै नेपालले राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न गठबन्धन पाँच बर्ष टिक्ने दावी गर्नुभएको हो ।
उहाँले वर्तमान गठबन्धनले नै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभयो ।
उहाँले अहिलेको अवस्था आउनसक्ने पहिले नै आँकलन गरिएको बताउँदै यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरेको बताउनुभयो ।
आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान नसक्ने भन्दै उहाँले यसप्रति सबै नेता र सांसदले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारबाट एमालेलाई आउट गर्नुपर्ने कारण खोज र अनुसन्धानको विषय हुनुपर्ने तर्क गर्नुभयो ।
अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।