मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको एमाले अध्यक्ष ओलीकाे आरोप


३ चैत्र २०७९, शुक्रबार १७:४४ मा प्रकाशित

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रबिरोधी, देशद्रोही कुरा गरेर हिडिरहदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताउनुभएको हो ।

उहाँले देशलाई नै बिदेशीसामू बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिड्दा सरकारले नसुनेको उल्लेख गर्नुभयो ।

देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो ।

उहाले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताउनुभयो ।

ओलीले अहिले ऊर्जा ब्यापार भन्दा पनि स्वदेशमा नै अत्याधिक खपतमा ध्यान दिनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here