राष्ट्रपति कार्यालयले फेर्यो राष्ट्रपति पौडेलको आधिकारिक फोटो


१ चैत्र २०७९, बुधबार १४:५९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो परिवर्तन गरेको छ ।

दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा हाँसीमजाकको विषय बनाइएको थियो।

वास्तविक पहिचान नै मेटिने गरी फोटोसपबाट टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले दुई दिनमा हटाएको हो।

दुवै गालामा रहेको कोठी देखिने गरिको राष्ट्रपतिको कार्यालयले पौडेलको फोटो बुधबार आधिकारिक वेभसाइटमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here