एनएमसी सूर्योदय क्विजः पहिलो चरणको बिर्तामोड छायांकन सकियो


१ चैत्र २०७९, बुधबार १५:४० मा प्रकाशित

झापा । नेपाल बहुउद्धेश्यीय सहकारी संस्था एनएमसीद्वारा प्रायोजित सूर्योदय क्विज सिजन-७ को पहिलो चरणको बिर्तामोड छायांकन बुधबार सकिएको छ ।

बिर्तामोडमा गरिएको पहिलो चरणको बिर्तामोड छायांकनपछि इटहरी छायांकनका लागि सूर्योदय टेलिभिजनको टोली चैत दोस्रो साता सुनसरीको इटहरी जानेछ ।

सूर्योदय टेलिभिजनको सर्वाधिक लोकप्रिय कार्यक्रमको रुपमा परिचित सूर्योदय क्विजको यो सातौं श्रृंखला हो । सूर्योदय टेलिभिजनले छायांकनसंगै प्रसारणका लागि समय तालिकासमेत मिलाइरहेको छ ।

सिम्रिक साकोस र एसिया नेट सहप्रायोजक रहेका क्विज कार्यक्रममा मावि तथा क्याम्पस तहका विद्यार्थीले भाग लिएका छन् ।

बिर्तामोडमा भएको छायांकनमा झापाका मावि तथा क्याम्पस गरि ३९ वटा शिक्षण संस्थाले भाग लिएका छन् ।

बिर्तामोड र इटहरीमा हुने लिग राउण्डको छायांकनपश्चात अन्य राउण्डका छायांकनको मिति तय गरिने कार्यक्रम संयोजक आशिष उप्रेतीले जानकारी दिनुभयो ।

क्विज अर्थात हाजिरी जवाफ प्रतियोगिताका विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार तथा तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here