प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने


१ चैत्र २०७९, बुधबार १४:२८ मा प्रकाशित

काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रे केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनु भएकाे छ ।

महतका अनुसार चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा रहे पनि प्रधानमन्त्री स्वयंको निर्णयमा मिति तय हुनेछ ।

सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो ।

कांग्रेसले कति मन्त्रालय पाउने र कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुंगिनसकेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here