उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय


१ चैत्र २०७९, बुधबार १३:३० मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।

पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । यस्तै कांग्रेसले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।

कांग्रेसले आउँदो वैशाख १० गते चितवन–२ मा हुने उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।

प्रवक्ता महतले सरकारका विषयमा आजको बैठकमा छलफल नभएको र प्रधानमन्त्रीले ७ गतेसम्म विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here