चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते


१ चैत्र २०७९, बुधबार १३:१२ मा प्रकाशित

पोखरा । पोखरामा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छ्न् ।

पोखरा महानगरपालिका १८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका हुन्।

घाइते हुनेमा फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन्। घाइते ठकूरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ ।

तिमिल्सनाको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुवै घाइतेको अवस्था सामान्य रहेको परिवारले जनाएको छ । आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ।

चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र वन कार्यालयको टोली खटिएको थियो। आक्रमणपश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको छ । मृत चितुवालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here