कहाँ गायव भयो राष्ट्रपति पौडेलको गालाको कोठी ?


३० फाल्गुन २०७९, मंगलवार ०७:२३ मा प्रकाशित

काठमाडौँ । सोमबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति कार्यालयले वेभसाइटमा राखेको राष्ट्रपति रामचन्द्र पौडेलको नयाँ तस्बिरले नयाँ विवाद निम्त्याएको छ ।

वेवसाइटमा अपलोड गरिएको पौडेलको तस्बिरका बारेमा यतिबेला सामाजिक सञ्जलामा विभिन्न टिकाटिप्पणी भइरहेको छ । 

वेभसाइटमा अपलोड गरिएको राष्ट्रपतिको गालामा रहेको कोठी गायव भएको पाइएको छ । पौडेलको दुबै गालामा रहेको कोठी शीतलनिवासको वेबसाइटमा अपलोड गरेको तस्बिरमा देखिँदैन  । अर्थात पौडेलको हुलिया नै परिवर्तन हुनेगरी अनावश्यक रुपमा तस्बिर सम्पादन गरेर वेबसाइटमा अपलोड गरिएको हो । 

यस्तै अनुहारको छालाको स्वरुप समेत बदलिएको छ । शपथ र त्यसपछि पौडेलले पदभार ग्रहण गरेको तस्बिरमा पनि उनको कोठी प्रस्ट देखिन्छ । तस्बिर अपलोड गर्दा किन यसरी तोडमोड गर्ने काम भएको भन्ने खुल्न सकेको छैन । 

सोही तस्बिरको विषयमा सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आइरहेपनि सोमबार राति अबेरसम्म शीतल निवासको आधिकारिक वेबसाइट (प्रेसिडेन्ट डट जीओभी डटएनपी) मा उही हुलिया बदलिएको तस्बिर रहेको छ ।

शीतल निवास छिर्ने बित्तिकै हुलिया बदलिएको रामचन्द्रको उक्त तस्बिर फेरिन्छ या सोही कायम हुन्छ त्यो भने हेर्न बाँकी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here