खुमलटारको दोश्रो जित


२९ फाल्गुन २०७९, सोमबार १६:४८ मा प्रकाशित


झापा । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले दोश्रो जित निकालेको छ ।
सोमबार ललितपुरस्थीत च्यासल मैदानमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे । हिमालयनका विश्वास श्रेष्ठले एक गोल फर्काए ।
खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा समिरले गोल गर्दा खुमलटार २–० ले अघि रह्यो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा हिमालयनका विश्वासले गोल गरेपनि खुमलटार २–१ ले विजयी भयो । जितसंगै खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ४ खेलमा ४ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here