झापामा बजार तथा यातायात बन्द गराउने २८ जना पक्राउ


२८ फाल्गुन २०७९, आईतवार १४:२८ मा प्रकाशित

झापा । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका क्रममा झापाबाट २८ जना बन्दकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकाहरूलाई नजिकका इलाका प्रहरी कार्यालयहरूमा राखिएको छ ।

उनीहरूलाई प्रदेश सरकारको आदेश अनुसार कारबाही अगाडि बढाइने झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका बन्दकर्ताहरूलाई दमक, केर्खा, बिर्तामोड, चारआली तथा काँकरभिट्टाबाट नियन्त्रणमा लिइएको रिजालले बताउनुभयो ।

लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोशी खारेजीको माग सहित आइतबारका लागि कोशी प्रदेशमा आम हड्तालको घोषणा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here