बैंकको ब्याजदर एकल अङ्कमा झार्न माग गर्दै उद्योगी व्यवसायीले गरे आन्दोलन


२८ फाल्गुन २०७९, आईतवार १४:१७ मा प्रकाशित

झापा । बैंकको ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै उद्योगी व्यवसायीले आन्दोलन गरेका छन् ।

मुलुकभरका व्यवसायी संघ संस्थाहरु एकीकृत भएर आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग गरेका थिए ।

व्यवसायीहरुले ब्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने लगाएत आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रिमियम दर बृद्धि नियन्त्रण गर, बैंक हामीलाई प्यारो छ, व्याज बृद्धिले हामीलाई गाह्रो भो, बैंकिङ आतंक बन्द गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । व्यवसायी आन्दोलन संघर्ष समितिका संयोजक नरेश कटुवालले व्यवसायीहरुका समस्याका बारेमा पटक पटक राज्यलाई ध्यानाकर्षण गराउदा पनि सम्बोधन नभएका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो ।

उद्योगी व्यवसायीहरुलाई बचाउनका लागि एकीकृत भएर प्रदर्शन गरेको उहाँको भनाइ छ ।

कटुवालले आफुहरुको माग सम्बोधन नभए राष्ट्र बैंक र संसद भवनमा घेराउ गर्ने चेतावनी दिनुभयो । व्यवसायीहरुले मौद्रीक नीति परिमाजर्ननमा समेत जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here